असार २५ सम्ममा कर तिर्न सरकारको निर्देशन, नत्र जरिवान लाग्ने

काठमाडौँ, २ असार । सरकारले यही असारको २५ गते सम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै आन्तरिक राजस्व विभागले कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गते सम्म तोकेको हो। विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ ।

२५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ।  सरकारले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क बुझाउन सूचना जारी गरेको हो ।

सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो

यसअघि सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरी कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो।