फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ३० रूपैयाँ

आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा  दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास  प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।