३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

झापामा तीनजना यवतीहरु एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।



jibss

कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेला परेको हो ।

उनीहरुमध्ये दुईजना एउटै हाँगामा र अर्की एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।