आज पनि काठमाडौंका सडक दिनभरजसो प्रभावित हुने ,बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव

ट्राफिक प्रहरीले बुधबार बिहान ९ बजेबाट काठमाण्डाैका विभिन्न क्षेत्रको यातायात आवागमन प्रभावित हुने जानकारी दिएको छ ।



jibss

ट्राफिक प्रहरीका अनुसार बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटि, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविद्यालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, ब्यासी, सिडियो कार्यालय देखि भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै, दिउँसो ३ः३० आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवाससम्मको सवारी आवागमन प्रभावित हुने बताइएको छ । उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।