गुठी विधेयक राष्ट्रिय सभाबाट औपचारिक रुपमै फिर्ता

संसदमा पेश भएको गुठी सम्बन्धी विधेयक फिर्ता भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा गुठी सम्बन्धी विधेयक फिर्ता भएको घोषणा गरेको हो ।

भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो । संसदमा विधेयक हुन नहुने भन्ने आवाज नउठेपछि गुठी सम्बन्धी विधेयक फिर्ता सभामुख राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाले फिर्ता भएको घोषणा गर्नुभएको हो ।

यसै बिच मन्त्री अर्यालले गुठी विधेयक जनताको पक्षमा रहेको विधेयक भएको बताउनु भएको छ । विधेयक फिर्ता लिने क्रममा मन्त्री अर्यालले भन्नुभयो, यो सरकार जनताको हो र सरकारले एकातिर फर्कदा अर्कोतिर विर्सन सक्दैन । त्यसै अनुरुप भुमिहिन र गुठी पीडित जनताको लागि सरकारले यो विधेयक ल्याएको थियो ।

संसदमा यो विधेयक पेश भए पनि जस्ताको तस्तै पारित हुने भन्ने कुरा थिएन यस्लाई सच्याउन सकिन्थ्यो तर विधेयकको विषयमा हुदैँ नभएको बकवास कुरा फैलियो । उहाँले भन्नुभयो विधेयकलाई जमिनसंग मात्र जोडेर हेरेको आरोप समेत लगाउनु भयो । राष्ट्रियसभामा गत वैशाख १७ गते विधेयक दर्ता भएको थियो।