घर जान थानकोट पुगेकाहरु त्रिभुवन पार्कमै बास

शनिबार पैदल हिँडेर थानकोट पुगेका थानकोटकाे त्रिभुवन पार्कमा हाेल्ड गरिएका ३ सय जना भन्दा बढी पैदल यात्रीहरूलाई घर पठाएको थियो। तर आइतबार जान पाइने आशामा थानकोट क्षेत्रमा पुगेकाहरु रोकिएका छन।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जाे जाे स्थानमा छन् उनिहरूलाई हाेल्ड गर्नु भने अादेश बमोजिम आइतबार घरतर्फ जान राेक लगाएकाे बताए ।

आज बिहान घर जान पाइने आसमा नजीकै बसोबास गरिरहेका नैकाप, दहचोक, चेकपोस्ट, मातातीर्थ स्थान बाट आएकाहरु लाइ घर फर्काइएको र टाढाबाट आएकाहरुलाई त्रिभुवन पार्कमा रोकिएको संघीय सांसद अञ्जना विसंख्यले बताइन्। स्थानीय सरकार, प्रदेश सरकार र प्रहरी प्रशासनले हिड्दुल गर्ने हरुलाइ कडाई गर्नु पर्ने समेत आग्रह गर्नु भयो।

अहिले पार्क क्षेत्रमा करिव १७५ जना छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न ठाउँबाट हिँड्दै घर गइरहेकाहरूलाई आजदेखि जो जहाँ पुगेका छन् त्यहीँका स्थानीय तहले राख्ने बताएका छन्।

आइतबार दिउँसो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भिडिओ कन्फरेन्स गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिँड्दै गइरहेका श्रमिकहरूलाई स्थानीय तहले खाना र बस्ने व्यवस्था गर्ने जानकारी दिए।

उनले सुरूमा स्थानीय तहहरूले राहत वितरण प्रभावकारी बनाउन नसक्दा र लकडाउन कति लामो समय चल्छ भन्ने अनिश्चितता हुँदा मजदुरहरू हिँडेरै घर गएको बताए।

तस्बिरः अञ्जना विशंखेको फेसबुकबाट