चन्द्रागिरिमा रहेकाे गाैरीशकंर पेन्टस कारखानामा आगलागी

काठमाडौं २९ मंसिर। काठमाडौंकाे चन्द्रागिरि ११ सतुङ्गलमा गाैरीशकंर पेन्टस कारखानामा आगलागी भएकाे छ ।

करेन्ट सर्ट भएर सतुङ्गलमा रहेकाे गाैरीशकंर पेन्टसकाे कारखानामा आगलागी भएकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाकाले गाैरीशकंर पेन्टसमा अागाेलागि भयाे भने खवर अायाे ५ मिनेट प्रहरी परिचालन गरि दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीकाे साथमा एक घटैमा अागाे नियन्त्रण गरेकाे कारण ठुलाे क्षतिहुन वाट जाेगिएकाे बताए ।

चन्द्रागिरिका नगर प्रर्बत्ता हरिभक्त महर्जनले प्रहरीहरूकाे सकृयता र नगरपालिकाकाे साथ र सहयाेगका कारण ठुलाे क्षेति हुन पाएन उनले भने । उनलेे छिटैनै नगरपालिकाकाे दमक समेत खरिद गर्ने बताए ।

सो आगलगीमा परी कारखानामा रहेकाे रङ्ग बनाउने मेशिन, केमिकल, कारखानाकाे ठूलो र सानो मेशिन, कागजपत्र, अन्य अन्य सरसामान जलेर नष्ट भएकाे छ ।।

कारखानामा लागेको आगलागी काठमाडौं महानगरपालिकाकाे बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा
नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
अागाेलागी वाट के कति क्षति भयाे भने एकिन विवरण अाउन बाकी रहेकाे छ ।