बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । बिहान ५ बजेर १९ मिनेटमा आएको भूकम्पको ढक्क महसुस भएको हो । भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएको थिए ।