हिलोमाथि रेड कार्पेट, कार्पेटमाथि प्रधानमन्त्री

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कूलपति केपी शर्मा ओलीलाई हिलोमाथि ‘रेड कार्पेट’ ओछ्याएर प्रधानमन्त्रीलाई स्वागत गरिएको छ । त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिक उत्सवमा पुगेका उनलाई हिलोमाथि ‘रेड कार्पेट’ ओछ्याएर प्रधानमन्त्रीलाई स्वागत गरिएको हो ।

बुधबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवस मनाएको हो । उक्त अवसरमा उपकूलपति कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नका लागि प्रधानमन्त्री त्यहाँ पुगेको हुन् । प्रधानमन्त्रीसहित सह–कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।