चन्द्रागिरि साकोसको रक्तदानमा ९६ जना सहभागी

काठमाण्डाै, वैशाख ९ ।

चन्द्रागिरि साकोसको १६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९६ जनाले सहभागिता जनाएका छन् । संस्थाको प्राङ्गणमा शनिबार बिहान ९ देखी दिउँसो २ बजेसम्म सञ्चालित कार्यक्रममा संस्थाका सदस्य तथा अन्यले सहभागिता जनाएका थिए ।

वार्षिकोत्सवकै अवसर पारेर साकोसले चन्द्रागिरि मार्टको पनि शुभारम्भ गरेको छ । संस्थाका लेखा समिति सुपरिवेक्षक समितिका संयोजक गोविन्दप्रसाद मिश्रले रिबन काटेर औपचारिक शुभारम्भ गरेको मार्टमा विभिन्न वस्तु तथा सेवाका २० सटरहरू मध्ये अधिकाशं सञ्चालनमा आइसकेका छन् भने केहि सञ्चालनको क्रममा रहेका छन् ।

यसैबीच चन्द्रागिरि साकोसले सञ्चालन गरेको मार्टमा सामान खरिद तथा सेवा लिने सेवाग्राहीहरू मध्ये १० जना लार्इ ३ हजार रूपैँया बराबरको उपहार दिने भएको छ । रू. ३ सय वा सो भन्दा बढिको सामान खरिद तथा सेवा लिने जो कोही मध्ये  भाग्यशाली १० जनाले जनही ३ हजार रूपैँया बराबरको भौचर प्राप्त गर्नेछन् ।

रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबैलार्इ प्रमाणपत्र तथा संस्थाको लोगो अंकित टीसर्ट उपलब्ध गराइएको थियो ।

रक्तदान तथा मार्ट शुभारम्भका तस्विरहरूका लागि क्लिक गराैँ