बालबालिकालार्इ शैक्षिक सामाग्री वितरण

 चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित चेकपोष्ट बाल क्लबले एक कार्यक्रमका बीच वडा क्षेत्र भित्र बसोबास गर्ने विपन्न परिवारका बालबालिकाहरूलार्इ शैक्षिक सामाग्री वितरण गरेको छ । वडा कार्यालयमा अायोजित एक कार्यकमका बीच वडा अध्यक्ष शम्भुकुमार केसीले शैक्षिक सामाग्री तथा लत्ता कपडा वितरण गरेका थिए । चन्द्रागिरि नगरपालिकाको कार्यालयको संयोजनमा ८० जना बालबालिकालार्इ उक्त सामाग्रीहरू वितरण गरिएको हो ।