वडा कार्यालयले विभिन्न फारामहरू निःशुल्क वितरण गर्ने

चन्द्रागिरि

चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ ले अाफ्ना सेवाग्राहीहरूलार्इ नेपाली नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी तथा नाबालक परिचयपत्र को फारामहरू निःशुल्क वितरण गर्ने भएको छ । वडा कार्यालयहरूद्वारा सामुहिक रूपमा जारी सुचनामा सो उल्लेख गरिएको छ । यस अघि उक्त किसिमका फारामहरू सेवाग्राही स्वंयले व्यवस्था गर्नुपर्दथ्यो ।