
चन्द्रागिरि नगरपालिका वडा नं १५ को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार गनिएको १७०० मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ वडाध्यक्षमा १०८४ मत सहित नेपाली कांग्रेसका घनश्याम लुइटेलले अग्रता लिएको छ भने नेकपा एमालेका इन्द्र बहादुर महर्जनले ३४२ मत पाएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा नं १५ मा मेयर पदमा नेपाली काँग्रेसले ६८६ तथा नेकपा एमालेले ८१० मत प्राप्त गरेको छन् ।
चन्द्रागिरि १५ मा ३०३५ मत खसेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १ देखि १४ को मतगणना सकी सकेको छ ।