चन्द्रागिरि ४ मा खड्गी धेरै मतले अघि, श्रेष्ठ पछिपछि

चन्द्रागिरि नगरपालिका वडा नं. ४  र ५  को मतगणना जारी रहँदा प्रमुखमा नेपाली कांग्रेस घनश्याम गिरिको अग्रता कायम राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा मेयरमा नेपाली काँग्रेसले ६८६ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ३४९ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार गनिएको १ हजार १ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ वडाध्यक्षमा ६५२ मत सहित नेपाली काँग्रेसका कृष्ण प्रसाद खड्गीले अग्रता लिएको छ भने नेकपा एमालेका लेमन श्रेष्ठ ले ३४३ तथा  राप्रपा का  पूर्ण श्रेष्ठले ४९ मत पाएका छन् । यस वडामा २७३८ मत खसेको छ।

chandragiri ward no 4 krishna leman purna