अाजबाट ‘अाैद्याेगिक लाेडसेडिङ’ पनि अन्त्य हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अाज (साेमबार)बाट अाैद्याेगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य हुने बताएका छन् । आइतबारदेखि नै  यस क्षेत्रमा बिजुली कटाैती नभएकाे जनाउँदै घिसिङले अाजबाट अाैद्याेगिक लाेडसेडिङ अन्त्य भएकाे औपचारिक घोषणा गरिन लागेकाे जनाएका छन् ।



jibss

विद्युत प्राधिकरणले २०७३ को तिहारबाट काठमाडौं उपत्यकाकाे लाेडसेडिङ अन्त्य गरेकाे थियाे । हाल मुलुकका प्रमुख सहर लोडसेडिङमुक्त भए पनि पूर्णतः मुक्त भएकाे थिएन । अाैद्याेगिक क्षेत्रमा २ देखि ४ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । अब भने साे क्षेत्रकाे लोडसेडिङ अन्त्य भएर देश ‘लाेडसेडिङमुक्त’ हुँदैछ ।

यसअघि जलस्रोत उर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले वैशाखमै  अाैद्याेगि क्षेत्रकाे लोडसेडिङ पनि अन्त्य गर्न प्राधिकरणलार्इ निर्देशन दिएका थिए । अहिले औद्योगिक क्षेत्रमा ३ सय मेगावाट बिजुली माग भइरहेकाे घिसिङकाे भनाइ छ ।