
काठमाडौं । आउने आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ। आगामी ३० गते पर्ने मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको लागि सार्वजनिक बिदा दिईएको हो । सरकारले उक्त विदा कटौती गरेको थियो ।
काठमाडौं उपत्यकामा तीन वटा विदामात्र दिईएको थियो । तर यो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा पनि दिईएसँग विदाको संख्या ४ पुगेको छ । गएको हप्ता ज्योतिषीहरुले रथ जाउलाखेल तान्ने दिन आज (वैशाख २७ गते बिहीबार) तोकेका थिए।
सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ। वैशाख ६ गतेदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो देखाउने जात्रामा राष्ट्रप्रमुख उपस्थित हुने परम्परा छ।