नेपाललाई विश्व सामु चिनाउदै सराेज सापकाेटा

भिजिट माल्दिभ्सद्वारा आयोजित एक मिनेटको छोटो भिडियो डकुमेन्ट्री प्रतिष्पर्धामा ‘स्कुवा डाइभिङ’ गरेर नेपाली युवा सरोज सापकोटा हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल भएका छन् । लाङटाङका अधिकांश हिमाल र सर्बोच्च शिखर सगरमाथा आरोहण गरिसकेका सापकोटाले धेरै पटक स्काइ डाइभिङ गरिसकेका छन् । यो भिडियो बनाउन उनले ठूलो जोखिम मोलेका थिए ।स्कुबा डाइभिङ आफैमा खतरनाक खेल हो । सापकोटाले समुन्द्रको १ सय २० फिट् तल पुगेर मुखबाट रेगुलेटर निकालेर स्वास रोकेर बसेका थिए । यस्तो गर्दा आयोजकहरुले किन यस्तो स्टन्ट गरेको भनेर चेतावनी पनि दिएका थिए । उनले बनाएको यो भिडियो ‘भिजिट माल्दिभ्स’ फेसबुक पेजमा राखिएको छ । जहाँ गएर लाइक गर्न सकिनेछ । कार्तिक १९ सम्म उनलाई भोट हाल्न सकिनेछ । सबैभन्दा बढी लाइक प्राप्त गर्नेलाई विजेता घोषणा गरिने भिजिट माल्दिभ्सले जनाए