वुहानबाट भन्दा भारतबाट आएको कोरोना भाइरस कडा देखियो’

काठमाडौं । प्रधानमन्त्री केपी ओली कोरोरान भाइरस (काभिड–१९) संक्रमणले मुलुकको अवस्था असहज बन्दै भएको बताउनुभएको छ । प्रधानमन्त्रीले मंगलबार प्रतिनिसिभामा आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुलुकमा कोरोनाको स्थितिबारे जानकारी गराउनु भएको छ ।

‘आज हामी एउटा असामान्य र असहज अवस्थामा छौ । काभिड–१९ नेपालमा प्रवेश भएको छ । नेपालीमा पनि प्रवेश भएको छ’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रयास यसको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने छ । नियन्त्रणको प्रयासको बाबजुत पनि २ जनाको जीवन गुमेको छ । म दिवंगतहरुप्रति श्रदाञ्जली गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’

प्रधानमन्त्री  ओलीले चीनको वुहान भन्दा भारतबाट आएको कोरोना भाइसस कडा भएको उल्लेख गर्नुभयो । ‘यसको स्रोत भनेकै बाहिरबाट आउने व्यक्ति हुन्, अहिलेसम्म बाहिरबाट आउनेले नै कोरोना सारेका छन्’ उहाँले भन्नुभयाे, ‘त्यसमा पनि भारतबाट आउनेले बढी सारेका छन् । कोही लुकेर बसिदिने । त्यसप्रति सचेत हुनुपर्ने अवस्था छ । कोरोना चीनको वहुानबाट शुरु भयो । तर यो कहाँबाट सर्यो, कसरी सर्यो ? त्यो अहिलेसम्म प्रष्ट हुन सकेको छैन । वुहानमा कोरोना संक्रमण हुँदा नेपालमा यसको असर परेको थिएन । जब भारतमा आयो । त्यसपछि नेपालमा पनि शुरु हुन थाल्यो । वुहानबाट  आएको भन्दा भारतबाट आएको कोरोना भाइरस कडा देखियो ।’

जनतासमचार