ट्रायल पास गर्न भन्दा लाइसेन्स पाउन गाह्रो

बिग्रिएको मेसिन बनाएर नयाँ मेसिन थप्दा पनि विभागले दैनिक ९ वटा मेसिनले ३०० का दरले दैनिक २ हजार ७ सय मात्र कार्ड मात्र छाप्न सक्छ। विभागले पुर्ण क्षमतामा कार्ड छाप्दा पनि दैनिक झण्डै १ हजार ३ सय र मासिक ३९ हजार माग धान्न सक्दैन। पाण्डेका अनुसार विभागले अहिले ५ वटा कार्ड छाप्ने मेसिन पनि थप्न लागेको छ। यो स्थितीमा अहिले दैनिक माग भन्दा पूर्ती ३ हजार १ सय र मासिक रुपमा ९३ हजार प्रती कम देखिन्छ। यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार अहिले कार्डको माग भने दैनिक झण्डै ४ हजार छ।