नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं ।नेपालका कोरोना भाइरस संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो ।   

थप ९ जना कोरोना भाइरस पुष्टि भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जना कोरोना भाइरस पुष्टि भएको बताएका हुन् ।

उनकाअनुसार रुपन्देहीका २७ वर्षीय पुरुष र कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ५३ पुगेकाे छ जसमा बिहिबारसम्म ४९ जना िनकाे भएर घर गईसकेका छन् ।