भव्य र सभ्य रुपमा विहत्त चन्द्रगिरि महोत्सव समपन्न हुदै ।


काठमाण्डौं ।रोसन दानी
राजधानीको चन्द्रगिरिमा सुरु भईरहेको प्रथम चन्द्रगिरि महोत्सवको आज समापन हुदै छ । चैत २९ गते देखि सुरु भएको महोत्सव आज वैशाख ७ गते सम्मापन भव्य र सभ्य रुपमा समापन हुन लागेको हो । राजधानीमै पहिलो पटक भव्य र सभ्य रुपमा सञ्चालन भएको महोत्सव पहिलो नै हो । एकै थलोमा गोरु जुधाई,रेस्लिङ,वकसिङ र राष्ट्रिय स्तरका कलाकारहरुवाट सांगितिक प्रस्तुति रमाईलो मेला,२ सय भन्दा वढि स्टल भएको प्रथम चन्द्रगिरि महोत्सव पहिलो वृहत महोत्सवको रुपमा हेरिएको छ ।प्रधान मन्त्री पुष्प कमल दाहाल प्रचण्डले समुद्धघाटन गरेको महोत्सवमा क्रमस पर्यटन राज्य मन्त्री पर्शुराम,तामाङ,जनसंङ्ख्या तथा वातावरण मन्त्री जय देव जोशी,कृषि राज्य मन्त्री राधिका तामाङ लगायतको उपस्थिति रहेको थियो । महोत्समा घरेलु,हस्तकला,कृषि,मनोरञ्जन,फुड कोड लगायत व्यसायिक स्टलहरु समेत रहेको छ । कार्यक्रममा १ गते र ३ गते नुवाकोटको तारुका वाट ल्याएको गोरु समेत जुधाईएको थियो । महोत्सवको ४ र ५ गते हिमालयण टाईगर प्रो रेस्लिङ समुहको खतरनाक रेस्लिङ देखाईएको थियो । रेस्लिङको विशेष आर्कषकका रुपमा जुरेली र युनिका, हिमालयन टाईगर र मिस्टर यतिको प्रस्तुति रहेको महोत्सवका सह संयोजक राम नारायण घिमिरेले वताए । वैशाख ६ गते कहि वेर पानी र हावाहुरीको कारण केहि वेर प्रस्तुतिमा समस्या आएपनि कार्यक्रम भव्य रुपमानै सम्पन भयो । कार्यक्रम अवधीभर गायकहरु कालिप्रसाद वास्कोटा,रवि रिमाल,सहिमा श्रेष्ठ, मिग्मा शेपा, भोज राज काफ्ले, रारोज लामेछाने लगाय तिन दर्जन भन्दा वढि राष्ट्रिय कलकाकारहरुको वेजोड प्रस्तुति रहेको थियो ।