चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको जन लहर व्यापक बढ्ढे संगै संगठन बिस्तार कार्य तीब्र रुपले अगाडी बढेको छ।
पार्टी केन्द्रिय कमिटीका सदस्य एवं बाग्मती प्रदेश सभाका माननीय रमा आले मगरको प्रमुख आतिथ्यतामा र पेशागत महासंघका नेता क. कृष्णमान श्रेष्ठको विशेष आतिथ्यतामा चन्द्रागिरी नगर अन्तर्गत आज वडा नं ५ काे पार्टी कमिटी गठन तथा बृहत् कार्यकर्ता भेला सम्पन्न भयो।
भेलाले क.अमिर श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ। नव गठित कमिटीको उपाध्यक्षमा किशाेर कार्की, सचिवमा मोहन भुसाल र काेषाध्यक्षमा संगीता थापा भेलाले चयन गरेको छ। कार्यक्रममा काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य एवं नगर कमिटी संयोजक क. भाईकृष्ण बलामी, काठमाडौं जिल्ला कमिटी सदस्य क. दिपक तिमिल्सिना, स्थानीय पुराना कम्युनिस्ट अग्रज क.रामकुमार के. सि, नेपाल खेलकुद महासंघका केन्द्रिय प्रतिनिधि क. कुमार श्रेष्ठ, नगर कमिटीका नेता क. लेखनाथ भुसाल, प्रदेश/ जिल्ला कमिटीका सदस्यहरु, विभिन्न जन वर्गीय संगठनका नेताहरु र उल्लेखनीय स्थानीय कार्यकर्ताहरुको उपस्थिति थियो।
भेला लाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी माननीय रमा आले मगरले ओलि नेतृत्वमा रहेको पार्टी र सरकारले जन अपेक्षा अनुरुप कार्य गर्न नसकेको र मुल नेतृत्व ब्यक्तिवादी चिन्तनको दलदलमा फसेकाले पार्टीमा बिद्रोह गर्नुपरेको बताउनु भयो। नयाँ पार्टीमा कुनै सकस नरहेको हुनाले कार्यकर्ता लाई निराश नहुन पनि निर्देशन दिनुभयो। साथै नव गठित वडा कमिटी संयोजक क. अमिर श्रेष्ठले संस्थापक कमरेड पुस्पलालले तय गरेको मार्ग वर्तमान अवस्थामा धुल्मिलिएको र कम्युनिस्ट आन्दोलन एक पछि अर्को भाँसमा फसेको हुनाले पार्टी लाई पुनः गठन गरि नयाँ उर्जा सहित अगाडी बढ्न कार्य समितिका सम्पूर्ण सदस्य लाई आग्रह गरेँ।
Leave a Reply
You must be logged in to post a comment.