असल पुलिस र नागरिक मैत्री प्रहरी सेवाले नै संगठनलाई बलियाे बनाउछ : कलंकी ट्राफिक प्रमुख खड्का

572

राेसन दानी

२० साउन , काठमाडौ । पछिल्लो समय सामाजिक र समाज सेवी प्रहरी निरीक्षककाे भुमिकामा चिनिएका शंकर खड्का नयाँ र नाैला कार्य गरेर चर्चामा आईरहने नाम हाे ।

विभिन्न युनिटहरूमा बसेर काम गरि सकेका खड्का कहिले गाउँ समाज त कहिले बिद्यालय पुगेर जनचेतनामूलक सन्देश प्रभाहा गराई रहेका भेटिन्थे ।

राेल्पाका गाउँ बस्ति हाेस या राजधानीका ग्रामिण बस्तिमा पुगेर आफुले सक्दाे सहयाेग गर्ने र अन्यायका विरूद सधै कठाेर भएर लाग्ने कारण पनि उनी समुदायमा राम्रो संग परिचित हुने गर्दछन् । विभिन्न जनचेतनामूलक लेख, सन्देश सेताेपाटी जस्ता राष्ट्रिय सञ्चारमाध्यमहरूमा लेखिरहने हुदा पनि उनकाे नामले छवि बनाएकाे छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वुमा रहदा चन्द्रागिरिमा उत्कृष्ट काम नामले समाजमा उदहारणिय बनाएकाे छ प्रहरी निरीक्षक खड्कालाई । खड्का अहिले महानगरीय प्रहरी प्रभाग कलंकीकाे प्रमुखमा कार्यरत छन् । आएकाे छाेटाे समयममा नै हरेक सामाजिक एवं अफिसियल गतिविधिमा उनी अनुकरणीय भुमिकामा देखिदै आएका छन् ।

कहिले तपाईंकाे मास्क खै ? अभियान त कहिले, दुर्घटनाबाट आफु पनि बचाैं र अरूलाई पनि बचाउँ त कहिले सुरक्षित सडक बनाउ भन्दै बाटाेमा आफै प्लेकार्ड बाेकेर बसिरहेकाे भिटिन्छन् । प्रहरी निरीक्षक खड्काकाे कामकाे मुल्यांकन गर्दै चन्द्रागिरि नगरपालिकाले पनि सडक संग सम्बन्धित विभिन्न किसिमका हाेडिङ बाेड, व्यानर ,जनचेतनामूलक स्टिकर ,मास्क समेत सहयाेग गर्दै आईरहेकाे छ ।

पछिल्लो समय महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईकाे मार्ग दर्शन र निर्देशन पुन पालना गर्ने शिलशिलामा सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाई गर्न र स्वास्थ्य मापदण्ड पालना र सुरक्षित यात्रा बनाउन दिएकाे निर्देशन कार्यान्वयनमा लागि पर्दै आईरहेका छन् र याे खड्कका लागि दैनिकी जस्तै बनिसकेको छ ।

ट्राफिक महाशाखाले काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न चेकमा ट्राफिक प्रहरीले पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गर्दै आईरहेकाे छ । दुर्घटना र जाम मुक्त र प्रविधि युत्त ट्राफिक व्यवस्थापन हुनु पर्छ भन्ने मान्यता राख्ने महाशाखा प्रमुख भट्टराई पनि आफ्ना हरेक युनिट चुस्त दुरूस्त र ट्राफिक व्यवस्थापन अनुकरणीय हुन् भन्ने चाहान्छन् ।

प्रहरी निरीक्षक खड्का चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरिरहेका भेटिन्छन ।

सडक सुरक्षा र स्वास्थ जिवनका लागि चालक देखि यात्रुहरूलाई १ मिनेट राखेर जनचेतनामूलक कार्यक्रम कलंकी ट्राफिकले गर्दै आईरहेकाे छ ।

स्वास्थ्य मापदण्ड पालना,ट्राफिक नियमको बारे जानकारी,भाडादरको बारे जानकारी तथा सडक सुरक्षा बारे चेतनामूलक कार्यक्रम हामीले गरिरहेका छाै ,प्रहरी निरीक्षक खड्काले भने ।”

लकडाउन पश्चात पछिल्लो समयमा सवारी साधनहरु संचालनमा आएसँगै सवारी दुर्घटना समेत बढ्न सक्ने सम्भावनालाई मध्यनजरमा राखी सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्दै कोभिड—१९ सम्बन्धि समेत जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन हुने उनकाे भनाई छ ।

उनले भने, “यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छन्, अनि सवारी चालकलाई सम्मानपूर्वक नमस्कार गर्छन् । त्यसपछि कोरोना भाइरस (कोभिड—१९) बाट बच्नको लागि स्वास्थ्य मापदण्डको कुरा पालना गर्न हामीले स्मरण गराउने गर्दछौं ।” सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मो.सा. र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामूलक सन्देश दिन ट्राफिक प्रहरी सडकमा उत्रिन थालेको प्रहरी निरिक्षक खड्कालेले बताए । तपाईंको यात्रा सुरक्षित रहोस् ! नमस्कार भनेर १ मिनेटभित्र उक्त बिषयमा चालकलाई जानकारी गराउन सुरु गरिएको उनले जनाए ।

प्रहरी निरीक्षक खड्काले मास्क नलगाएका बालबालिका,बृद्धहरूलाई निशुल्क वितरण गर्दै आईरहेका छन् । हाे जनजनमा नेपाल प्रहरी मनमनमा नेपाल प्रहरीकाे नारालाई उच्च र मर्यादित बनाउन असल पुलिस र नागरिक मैत्री प्रहरी सेवाले नै संगठनलाई बलियाे र प्रहरी मेराे साथी र समुदाय प्रहरी साझेदारीलाई चरित्रता प्रदान गराउन तिर मार्ग दर्शन गराउनेमा कुनै दुई मत हुदैन ।