उपत्यकामा यो वर्षकै धेरै वर्षा, नदी आसपासका सडक र बस्तीहरु डुबानमा

काठमाडौं : शनिवार मध्यराति आएको वर्षाका कारण राजधानीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका छन्।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । यस क्षेत्रमा केही सवारी साधनसमेत बगाएका छन्। बल्खु क्षेत्रको सुकुम्बासी वस्ती डुबानमा परेको छ। अहिले प्रहरी त्यस क्षेत्रमा उद्धारमा खटिएका छन्।