भोलिदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द हुने

काठमाडौं, फागुन ३० गते । चैत १ गते भोलि (मंगलवार)देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले भनेको छ ।