काठमाडौं क्षेत्र नं ९ मा नेकपा एमालेको ३९३६ र राष्टिय स्वतन्त्र पार्टीका ३६५१ मत

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा एमालेले अग्रता कायमै रहेको छ । काठमाण्डाै क्षेत्र नं. ९ को मतगणना अपडेट अनुसार हालसम्म  १४७२५ मत गणना सम्पन्न भएको छ ।

एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले ३९३६ मतका साथ अग्रता लिएको छ ।

यस्तै राष्टिय स्वतन्त्र पार्टीका टेक बहादुर पाेखरेलले ३६५१ मत पाउनुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कल्पना धमलाले २०४८ मत प्राप्त गर्नुभएको छ यसै भने राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले १५९२ मत प्राप्त गर्नुभएको छ।

साझा पार्टी नेपालका मिलन पाण्डेले ७०५ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले ५५० मत प्राप्त गर्नुभएको छ।