चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ सर्वसम्मत

rapapa chandragiri

आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।



jibss

राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकामा दोश्रो स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार टुंगो लगाउने पहिलो पार्टी भएको छ ।

राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा अजय श्रेष्ठलाई उठाउने भएको हो ।

शनिबार राप्रपाका चन्द्रागिरि नगरका प्रतिनिधिहरूले श्रेष्ठलाई सर्वसम्मत मेयर पदमा उठाउने निर्णय गरेका हुन् ।