नेकपा (एकीकृत समाजवादी) वडा नं ५ पार्टी कमिटीले गर्यो कार्यलय उद्घघाटन

स्थानिय तहको चुनाव नजिकै गर्दा राजनीतिक दलहरुको पार्टी कार्यलय खोल्ने लहर ह्वात्तै बढेको छ। चन्द्रागिरी नगरपालिकामा छोटाे समयमै आफ्नो राजनीतिक बर्चस्व र दबदबा बनाउन सफल नेकपा (एस) को वडा नं ५ पार्टी कमिटीले त्रिभुवन राजमार्ग संगै दुरसंचार चोकमा पार्टीका केन्द्रिय कमिटी सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य माननीय रमा आले मगरको प्रमुख आतिथ्यतामा आज कार्यलय समुद्दघाटन गरेको छ। कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका प्रतिनिधिहरु, नगर कमिटीका सदस्यहरुको साथै स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा चुनाव लक्षित नव वर्ष २०८९ को गोजि पात्रो र चुनाव चिन्ह कलम सहित पार्टीको नाम लेखिएको डटपेन प्रमुख अतिथी मा. रमा आले मगर र विशेष अतिथी क. भाईकृष्ण बलामि बाट संयुक्त रुपमा सार्वजनिकरण गरिएको छ। त्रिभुवन राजपथ संगै जोडिएको सुविधासम्पन्न भवनमा पार्टी कार्यलय खोल्न कोठा उपलब्ध गराउनु हुने स्थानिय घरधनी श्री तिर्थ लाल श्रेष्ठ ज्यु लाई आभार- पत्र सहित सम्मान पनि कार्यक्रममा गरेको थियो।

काठमाडौं जिल्ला कमिटीका सचिवालय सदस्य तथा नगर कमिटीका अध्यक्ष क. भाईकृष्ण बलामि र जिल्ला कमिटी सदस्य क. दिपक तिमिल्सिनाले कार्यक्रममा संबोधन गरेका थिए। जनताको भावना मर्म अनुसार अहिलेको परिस्थिति बमोजिम पार्टीले कार्य योजना बनाएर अगाडि बढ्ने वक्ताहरुले बताए।

बाग्मती प्रदेश सभाका सदस्य मा. रमा आले मगरले कार्यक्रममा राजनितिक माहोल अनुसार आगामि निर्वाचनमा आफ्नो पार्टीको उपस्थिती रहने कुरा राख्नु भयो। उहाँले स्थानीय स्तरको विकास र परिवर्तनका लागि पार्टी पंक्ति सदा लागिरहने र त्यसमा विशेषगरि तल्लो तहमा रहेर जनता सित सिधै सम्पर्कमा रहि टोल टोलमा कार्य गरिरहेका वडा कमिटीहरुको अहम् भुमिका रहने बताउनु भयो।

वडा पार्टी कमिटीका अध्यक्ष क.अमिर श्रेष्ठले उद्घघाटित पार्टी कार्यलय कुनै पार्टी विशेषको भन्दा पनि समग्र वडामा हुने विकासका गतिविधिहरुको प्रतिनिधित्व गर्ने बताए। स्थानिय स्तरमा पार्टीले सामाजिक, आर्थिक, भाैतिक पुर्वधार,आधुनिक प्रबिधि, शिक्षा, स्वास्थ, वातावरण लगायत अन्य आयाममा सुरुका दिन देखि नै वस्तुगत योजना अगाडि सार्दै आइरहेको र थप स्पष्ट रणनीति बनाएर आगामी चुनावमा होमिने उनले बताए।

कार्यक्रम काठमाडौं जिल्ला कमिटी सदस्य क. लेखनाथ भुसालले संचालन गरेका थिए।