
माओवादी नेतृ अञ्जना विशंखे काठमाडौं-१० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको) स्थायी समिति सदस्य विशंखे ३० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय छिन् ।
नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनमा समाहित महिला, दलित, उत्पीडित जाती जनजातिहरूको अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होमिएकी विशंखे २०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मिएकी थिइन । स्नातक तह अध्ययन गरेकी विशंखेले ३ वर्ष शिक्षण पेसाको अनुभव पनि सँगालेकी छन् । उनलाई नेपाली, अङ्ग्रेजी, हिन्दी र नेवारी भाषाको राम्रो ज्ञान छ ।
२०४५ सालमा नेकपा माले निकट अखिल नेपाल महिला सङ्घबाट राजनीतिक जीवन सुरु गरेकी विशंखे २०४७ ने.क्रा.वि. सङ्घको सदस्य, २०४८ अ.ने.रा.स्व.वि.यु. पद्मकन्या कलेज उपाध्यक्ष ,२०४८ मा अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य, २०५० मा अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य हुँदै २०५२ सालमा नेकपा (एकता केन्द्र ) पार्टीको सदस्यता प्राप्त गरे पश्चात् २०५३ पूर्णकालीन कार्यकर्ता भई कम्युनिष्ट आन्दोलन मा सक्रिय रहिन् ।
ऐतिहासिक २०६२/६३ को जनआन्दोलनमा काठमाडौंमा घाइते भई गिरफ्तार समेत भइन्, विशंखे । नेकपा (एकता केन्द्र) र नेकपा माओवादी एकता पश्चात् २०६४ नेकपा माओवादी केन्द्रीय समिति सदस्य भएर , २०६४ देखि २०७० भोजपुरा राज्य समिति सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को कार्यालय सदस्य तथा नेकपा माओवादी केन्द्र को २०७३ केन्द्रीय समिति सचिवालय सदस्य भइन् ।
२०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति सदस्य तथा काठमाडौं जिल्ला समिति सह-इन्चार्ज भइन् । २०७८ सालमा भएको नेकपा माओवादी केन्द्रको महाधिवेशन वाट स्थायी समिति सदस्य सहित बागमती प्रदेश समितिको सह इन्चार्जमा कार्यरत रहेकी थिइन ।
विशंखेले चाइना , बङ्गलादेश , भारत, अमेरिका, ब्राजिल, सिंगापुर लगायतका देशहरूको भ्रमण गरिसकेकी छन् । ती देशहरूबाट विकासको अनुभव लिएको र तिनलाई नेपालको विकासमा प्रयोग गर्ने उनले बताएकी छन् ।
काठमाडाैं-१० बाट निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी विशंखे आफ्ना अधुरा योजनाहरू सम्पन्न गर्नका निम्ति पनि आफ्नो जित जरुरी रहेको बताउँछिन् ।
काठमाडाैं-१० का जनताले आफ्ना कार्यहरूकाे राम्रो मूल्याङ्कन गर्ने र पुनः आफूलाई निर्वाचित गर्नेमा उनी विश्वस्त छिन् ।
२०७० काे चुनावमा माओवादी अध्यक्ष प्रचण्ड पराजित भएकाे काठमाडाैं १० मा २०७४ काे चुनावमा विशंखे समानुपातिकमा निर्वाचित भएकी थिइन् । यस पटक पनि जित हासिल गरेमा उनकाे दाेस्राे जित हुने छ । यसले विशंखेलाई काठ क्षेत्रकाे पहिलाे महिला मन्त्री बन्न पनि ढाेका खाेल्ने छ । पहिलाे दलित महिला मन्त्री बनाउन माओवादीलाई अवसर प्राप्त हुनेछ ।