महानगरीय प्रहरी प्रभाग बलम्बु को कार्यालयले शनिबार स्थानीय जनता संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा अायोजना गरेको छ । चन्द्रागिरि नगरका प्रमुख मेयर घनश्याम गिरीको उपस्थितिमा च.न.पा. वडा १, ८, १०, ११ र १२ का वडा अध्यक्षहरु ,नागरिक समाजका अगुवा बुद्धिजिबी समाजसेवी शिक्षक स्थानीय भद्र भलादमी व्यवसायीहरू, आमा समुह स्थानिय क्लबका प्रतिनिधि समेतको सहभागितामा प्रहरीको तर्फबाट सुरक्षा प्रदानमा भएका कमि कमजोरीलाई के कसरी सुधार गर्न सकिन्छ,समाजमा भए गरेका अपराधिक कृयाकलापमादक पदार्थ सेवन,लागु पदार्थ सेवन,घरेलु हिंसा,महिला हिंसा जस्ता अपराधलाई नियन्त्रण तथा रोकथाम के कसरी गर्ने, ट्राफिक व्यबस्थापनमा सुधार गर्नु पर्ने समेतका बिबिध बिषयमा यस कार्यालयका प्रमुख प्रहरी निरिक्षक केशबराज भट्ट तथा नगर प्रमुख मेयर समेतले आ-आफ्नो भनाई राखेका थिए ।
Leave a Reply
You must be logged in to post a comment.