अन्तिम पटक खुल्दै डिभी, कहिले र कसरी भर्ने ?

662

आप्रवासीका लागि अनुदार मानिएका डोनाल्ड ट्रंप अमेरिकाका राष्ट्रपति बनेसंगै अन्यौलमा रहेको अमेरिकी डिभी चिट्टा (इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा) अन्तिम पटकलाई खुल्ने भएको छ।

राष्ट्रपतिको चुनावी अभियानमा आप्रवासी कामदारबारे कडा टिप्पणी गरेका डोनाल्ड ट्रंप सत्तामा आए पश्चात डिभीको भविष्य संकटमा परेको विश्लेषण गरिएको थियो। राष्ट्रपति पदमा निर्वाचित भएसंगे ‘बाइ अमेरिकन, हायर अमेरिकन’ भन्ने नीति अख्तियार गरेका ट्रंप प्रशाशनले एक पटकका लागि डिभी चिट्ठा खोल्ने निर्णय गरेको हो।

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको हो। अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट आवेदन गर्न सकिनेछ ।

अन्तिम पटकका लागि खुला गरिएको डीभीको नियममा भने कुनै परिवर्तन गरिएको छैन। डिभी चिट्ठामा सहभागी हुनका लागि इच्छुकले अक्टुबर ३ देखि नोभेम्बर ७ सम्म अर्थात असोज १७ देखि कात्तिक २२ गते रातको पौने एघार सम्म आबेदन दिनुपर्नेछ। अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा यस वर्षको आवेदन समयमा नै भर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी दुतावासले इच्छुकले एक महिनाको अवधिमा डीभी चिट्ठा भर्न सकिने जानकारी दिंदै फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ। साथै डिभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने समेत दुतावासले स्पष्ट पारेको छ।

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई डि भी) आवेदन फारम भर्न सकिनेछ । यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ ।

त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भएपनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो ।आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ ।  https://www.dvlottery.state.gov/