
सेवाग्राहिलाइ छिटो भन्दा छिटो सहज ढङ्गबाट सेवा सम्पादन गर्न आफु मातहतका कर्मचारीलाइ नव नियुक्त उधोग बाणिज्य भुमि तथा प्रशासन प्रदेश मन्त्री बिन्दु श्रेष्ठले निर्देशन दिनुभएको छ ।
मकवानपुर जिल्लाको उधोग बाणिज्य कार्यलयको अनुगमनको क्रममा जनगुनासो रहिन कार्यलय आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै कार्यलयलाइ ब्यबस्थित बनाउन नया भवन निर्माणको प्रकृया अगाडि बढिसकेको जानकारि समेत दिनु भयो । मन्त्रालय मातहतको कार्यलयमा मन्त्री श्रेष्ठको पहिलो भ्रमण हो ।
कार्यलय प्रमुख रामप्रसाद भुसालले स्वागत गर्दै कार्यलयको गत आबको कार्य प्रगति र चालु आबको कार्य योजना प्रस्तुत गर्नु भएको थियो। जिर्ण भवनमा कार्यलय सचालन भैरहेको मकवानपुर जिल्लाको उधोग बाणिज्य भवन निर्माणको लागि मन्त्रालयबाट २ करोड ५० लाख बजेट बिनिजोजित भैसकेको छ । यहि आब बाट निर्माण प्रकृया अगाडि बढाइने छ ।




