भोलि देखि उपत्यकामा खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

555

काठमाडौं– उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । सोमबारदेखि थप हुने निषेधाज्ञा असार ७ गतेसम्म कायम रहनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको हो ।  थपिएको निषेधाज्ञामा पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाइने निर्णय भएको छ । नयाँ शैक्षिक सत्र यही असार १ गतेदेखि सुरु हुन लाग्दा पनि पुस्तक पसल बन्द हुँदा विद्यार्थीले पुस्तक नपाएको गुनासो बढेपछि बिहान ११ बजेसम्म पुस्तक पसल खोल्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिका बन्देजमा केही परिवर्तन गरिएको छ । तरकारी र किराना पसल ११ बजेसम्म खोल्न दिइने भएको छ भने मास्क लगाएर हिँडडुल गर्न छुट दिइने भएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी भएको छ ।