
बाल विकास समाज, कपन काठमाण्डौ र वल्र्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिकाको समन्वयमा “ईट्टा उद्योयमा रहेका बालबालिकाको उत्थानशिल विकास परियोजना” ईट्टा उद्योयका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन भइरहेको छ ।
उक्त परियोजनाले बालश्रम अन्त्यको लागि बाल अधिकारको प्रवर्धन र सम्बर्धन गर्न चन्दागिरी नगरपालिकाको अगुवाईमा विविध कार्यक्रमहरु संचालन भई रहेका छन । यसै क्रममा बालबालिकालाई लक्षित गरी बाल विकास समाज र वल्र्र्ड भिजन ईन्टरनेशनल नेपालकोे साझेदारी साथै चन्द्रागिरी नगरपालिकाको समन्वयमा “बाल कोष (स्थापना र संचालन) कार्यविधि, २०७६” तय गरी आपत्कालिन बालकोष स्थापना र संचालनको लागि चन्द्रागिरी नगरपालिकालाई रु.पाँच लाखको चेक बाल विकास समाजका महासचिव काजीबाबु पाण्डेद्वारा च.न.पा.का प्रमुख घनश्याम गिरी र उपप्रमुख लिशा नकर्मीलाई हस्तान्तरण गरियो ।
सोही कार्यक्रममा बाल विकास समाजका महासचिव काजीबाबु पाण्डेले यस बाल कोष संचालनका लागि जुन रकम सहयोग भएको छ यो रकमको सहि सदुपयोग हुने आशा व्यक्त गर्दै चन्द्रागिरी नगरपालिका प्रति आभार प्रकट गरेका थिए ।
यो आपत्कालिन बालकोष च.न.पा.का प्रमुख घनश्याम गिरीले बालबालिकाका हितको लागि संचालन गर्ने प्रतिबद्धता जनाए । यो कार्यलाई सफल पार्नको निम्ति महत्वपूर्ण भूमिका खेल्ने च.न.पा.का महिला विकास अधिकृत रश्मी श्रेष्ठलाई पनि धन्यवाद दिएका थिए ।