ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना

301

बालविकास समाज, कपन काठमाण्डौ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्दागिरी नगरपालिकाको समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटाउद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन भइरहेको छ ।

उक्त परियोजनाले बालश्रम अन्त्यको लागि नेपाल सरकारको गुरुयोजना अनुरुप नगरपालिकाको अगुवाईमा चेतनामुलक र रोगथाम मुलक कार्यक्रमहरु संचालन गरि रहेको छ। परियोजना अन्तर्गत बालअधिकार अधिकारको प्रवर्धन र सम्बर्धनको बालअधिकार समितिको गठन र क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरि रहेको बाल विकास समाजका क्षेत्र अधिकारी बिनोद देवकोटाले जानकारी दिए।

बालअधिकार समितिको क्षमताअभिवृद्धि कार्यक्रममाबालअधिकारका सैद्वान्तिकतथाव्यबहारिक पक्षबारे जानकारी गराई सो समितिले निभाउनु पर्ने भूमिकातथाकाम, कर्तव्य र अधिकारबारे जानकारी गराईएको थियो भने उक्त कार्यक्रममा बालअधिकार कर्मी विद्मासागर पाण्डे, चन्द्रागिरी नगरपालिकाको महिलाबिकास अधिकृत रश्मी श्रेष्ठ र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको कार्यक्रम संयोजक भरत तामाङले सहजिकरण गरका थिए ।

क्षमता अभिवृद्धि कार्यक्रममा विभिन्न संघ संस्थामा कार्यरत व्यतिहरु, शिक्षक शिक्षिकाहरु, बालक्लबका सदस्यहरु, महिला स्वास्थ्थ स्वयंसेबिकाहरु, जन प्रतिनिधिहरु, प्रहरीका साथै समाजसेवीहरु गरि ३६ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा चन्दागिरी नगरपालिकाले बालश्रम उन्मुलन, बालविवाह अन्त्य र स्थानीय बालमैत्री शासन अवलम्बनगर्ने प्रतिबद्धता जनाइसकेको जानकारी रश्मी श्रेष्ठले दिनु भयो।