ईटा उद्योगको श्रमिकहरुलाई खाद्यान्न सामाग्री वितरण

425

चन्द्रागिरी नगरपालिकाका ४ वटा ईटा उद्योग र ललितपुर महानगरपालिका वडा नं २२ बङ्गमतीका ४ वटा गरी ८ वटा उद्योगमा कार्यरत ६९७ घरपरिवारलाई खाद्यान्त वितरण गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोगमा गैंरसरकारी संस्था बालविकास समाजले नगरपालिका र वडा कार्यालयको अनुमति तथा समन्वयमा उक्त राहत सामाग्री वितरण गरेको छ । राहतमा चामल १५ के।जी, दाल २ के।जी, चिनी १ के।जी, नुन १ के।जी र खाने तेल १ लिटर प्रति श्रमिकको परिवारलाई वडा प्रतिधिनी, उद्योगी र संस्थाको उपस्थितिमा वितरण गरिएको छ । कोभिड १९ को बन्दाबन्दीको अवस्थामा ईटा उद्योग जस्ता असंङ्गठित क्षेत्रमा कार्यरत श्रमिक मंजदुरलाई खाद्यान्न वितरणले केही मात्रामा राहत प्रदान गरेको श्रमिकहरुले बताएका छन् ।