
अग्रसर युवा समाजद्वारा संचालित अग्रसर पुस्तकालयको आयोजनामा शुरु भएको उद्घोषण तालिम उट्घाटन कार्यक्रम चन्द्रागिरि नगरपालिकाका उपमेयर लिशा नकर्मी ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा पुस्तकालय सन्चालक समितिका संरक्षक सानुकाजी खड्गी ज्यू ले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रशिक्षक सविना गोपालीले तालिम सम्बन्धी आधारभुत विषयमा कुरा राख्नु भएको सो कार्यक्रमको सभापति पुस्तकालय सन्चालक समिती अध्यक्ष तिर्थराज बलामी तथा कार्यक्रम सन्चालन सचिव ईश्वर बलामीले गर्नुभएको थियो ।



