
चन्द्रागिरि ।
नेपाल प्रहरीका एक सय ९० नायब उपरीक्षक (डिएसपी) को सरुवा तथा ८८ जनाको पदस्थापना भएको छ । बढुवा भएको दुई सातापछि डिएसपीलाई जिम्मेवारी दिँदै प्रहरी प्रधान कार्यालयले बुधबार बेलुका विभिन्न कार्यालयका प्रमुखहरूको सरुवा पनि गरेको छ ।
उपत्यकाका सबै प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् । दरबारमार्गमा तिलक भारती, सिंहदरबारमा अपिल बोहोरा, गौशला वृत्तमा अनुपम श्रेष्ठ, चापागाउँमा आभूषण तिमल्सिना, सोह्रखुट्टेमा दीपक पोखरेल, जगातीमा दीपक श्रेष्ठ, बालाजुमा नवीनकृष्ण भण्डारी, कालिमाटीमा प्रदीपबहादुर क्षत्री, थानकोट वृत्तमा महेन्द्र नेपाल, जनसेवा वृत्तमा मोहन थापा, महाराजगन्ज वृत्तमा योगेन्द्रसिंह थापा, बानेश्वर वृत्तमा रवि पौडेलको सरुवा भएको छ । एक वर्ष अवधि पुगेकाले वृत्तका डिएसपीहरूको सरुवा भएको हो । यसअघि काजमा गएका बौद्धका डिएसपी अच्युत पुडासैनी तथा स्वयम्भूका किशोर श्रेष्ठको त्यहीँ सरुवा गरिएको छ ।