उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा

479

काठमाडौं– सरकारले बिमस्टेकको सम्मेलन हुने दिन १४ र १५ गते उपत्यकाका विद्यालयहरु विदा दिने भएको छ । बिमस्टेक सम्मेलनमा आउँने विदेशी पाहुनाको सवारीलाई सहज बनाउन विद्यालय बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

सवारीलाई व्यवस्थित गर्न सरकारले भदौं १३(भोलि) देखि सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

राति १० बजेदेखि विहान ६ बजेसम्म भने जोर बिजोर प्रणाली लागू हुने छैन । यस्तै अत्यावश्यकीय सवारीसाधन र सूचना विभागको पास भएका सञ्चारकर्मीहरुलाई पनि जोरबिजोर प्रणालीले प्रभाव पार्ने छैन ।