काठमाडौ वैशाख २२ राेसन दानी यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समितिले गरेकाे शार्वजनिक यातायात वन्दले यात्रुहरूलाई पर्न गएकाे अशुविदा प्रती ध्यानाकर्षण जनाएको छ । यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समितिले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात घर ग्यारेज थन्काउने अान्दाेलले अाम जनताहरूमा पर्न गएकाे समस्या प्रती गम्भीर ध्यानाकर्षण जनाउदै विज्ञप्ति निकालेकाे हाे । विज्ञप्तिमा भनिएको छ,”शार्वजनिक यातायात वन्दकाे प्रभावितहुने सम्पुर्ण महानभावहरूलाई क्षमा याचना गर्दछाै साथ देश भरै सञ्चालित शार्वजनिक सवारी साधन घर ग्यारेजमा थन्काई शान्तिपूर्ण अान्दाेलनमा साथ दिने यातायात व्यवसायी,मजदुर,कर्मचारी सवैलाई धन्यवाद व्यत्त गर्न चाहान्छाै ।”यातायात व्यवसायी महासंघ संयुक्त अान्दोलन मुलु समितिका संयाेजक याेगेन्द्रनाथ कर्मचार्य दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ शान्तिपूर्ण अान्दोलनमा धरपक्ट गरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी,महासचिव सराेज सिटाैला,सहकाेषाध्यक्ष डम्बर पन्थ लगायत यातायात व्यवसायी,कर्मचारीहरूलाई हिरासतमा लिएकाे प्रती खेद व्यत्त गर्दै विना सर्त अभिल्व रिहाईकाे माग गरेकाे छ । राष्ट्रिय ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय काेषाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले तानाशाही प्रवृत्ति हावी भएकाे हुदा एकलाैटी ढङ्गले सरकार लागि परेकाे वताए । शनिबार देखि पुन शार्वजनिक यातायात सुचारू गर्न अाव्हान गरेकाे छ । शार्वजनिक यातायात क्षेत्रमा देखिएकाे समसामयिक बिद्यमान समस्याहरूकाे स्थाई समाधानकाे लागि यातायात संग सम्बन्धित महासंघले उठान गरेका मागहरूलाई वार्ता द्रारा समस्या समाधान गर्न अनुराेध गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।शुक्रबार भएकाे शार्वजनिक यातायात वन्दले देशैभरिकाे जनजिवन प्रभावित भएकाे थियाे ।

Leave a Reply
You must be logged in to post a comment.