काठमाडौं- कोरोना संक्रमितको संख्या बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको सबै सवारी पास रद्द गरेको छ। मंगलबार कोरोना संक्रमितको संख्या धेरै नै बढेपछि मन्त्रालयमा बसेको बैठकले बिहीबारबाट लागू हुने गरी यस अगाडि जारी भएका सबै प्रकारका पास रद्द गर्ने निर्णय गरेको हो।
लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न पाएका थिए। तर अब सो सुविधासमेत रोकिएको छ। गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार अब जिल्लाभित्र समेत नियामक निकायले जारी गरेको पासका आधारमा मात्र हिड्न पाइन्छ।
‘कार्यालयको परिचय पत्रको आधारमा हिडडुल गर्न पाइन्न। यो बुझाइ गलत भयो,’ उनले भने’ सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयको सचिवले दिएको,बैंक तथा वित्तिय संस्थाको हकमा राष्ट्र बैैक लगायत नियमन गर्ने निकायले दिएको पास मात्र बैध हुन्छ। सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा मात्र हिँडडुल गर्न दिने निर्णय भएको अधिकारीले जानकारी दिए।
Leave a Reply
You must be logged in to post a comment.