चन्द्रागिरि ।
दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अाफ्नो स्वामित्वमा रहेको करिब १७ रोपनी जग्गा बेच्ने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेका उक्त जग्गाहरु एनसेलले बिक्रि गर्न लागेको हो । एनसेलले १७ करोड दश लाख नघटाई बेच्ने बताएको उक्त जग्गामा रहेका पुराना घरहरु समेत जे अवस्थामा छ त्यही अवस्थामा किन्नुपर्नेछ । सो जग्गा किन्ने इच्छुक ले आजको मितिले १४ दिन भित्र आवेदन दिनुपर्नेछ ।
सो जग्गा बोलकबोल प्रणालीको माध्यमबाट बेचिने एनसेल जारी गरेको सुचनामा उल्लेेख छ । विभिन्न कित्तामा रहेका जग्गा एकै पटकमा बेच्ने एनसेलले बताएको छ । इच्छुक अावेदकले एनसेलको नबिल बैंकमा भएको खातामा १७ करोड १० लाखको १० प्रतिशत रकम जम्मा गराएर आवेदन दिनु पर्नेछ । आवेदकले आवेदन दिएको ३५ दिन भित्र जग्गा किनिसक्नु पर्ने पनि सर्त एनसेलको रहेको छ ।
स-साना रहेका सबै कित्तालाई पटक बेच्ने भएका यो जग्गा सानो पुँजी हुने सर्वसाधारणले चाहिँ किन्न भने नसक्ने प्रष्ट छ । तोकिएको मुल्य बाहेक जग्गा पास गर्दा मालपोत कार्यालयमा लाग्ने पास खर्च किन्नेले आफैले नै व्यहोर्नुपर्ने छ ।
Leave a Reply
You must be logged in to post a comment.