
चन्द्रागिरि ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३ उत्तर्ण भएका छन् । नियमिततर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएका हुन् । उनका अनुसार ७७ जनाको परीक्षा रद्द भएको छ ।
आंशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ जनाले परीक्षा दिएकोमा ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका छन् ।
बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो ।
यसअघि बोर्डले विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक नतिजा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय, शिक्षा विभागसहित अन्य वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ ।
नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।