काठमाडौं, वैशाख १२— भूकम्पको तीन वर्ष बित्दा पनि सरकारले २० प्रतिशत निजी आवाससमेत पुनर्निर्माण गर्न सकेको छैन। सात लाख ६७ हजार सात सय पाँच निजी आवास पुनर्निर्माण गर्नुपर्नेमा तीन वर्षमा एक लाख ४१ हजार पाँच सय २४ घरमात्र निर्माण भएका छन्। यो करिब १८.४३ प्रतिशतमात्र हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार अझै छ लाख २६ हजार एक सय ८१ घर पुननिर्माण हुन बाँकी छ।
सरकारले अति प्रभावित १४ र कम प्रभावित १८ जिल्ला छुट्याएर काम गरिरहेको छ। प्राधिकरणका अनुसार सात लाख ६७ हजार सात सय पाँचमध्ये अति प्रभावित १४ जिल्लामा छ लाख ६७ हजार छ सय ६२ र कम प्रभावित १८ जिल्लाका एक लाख ४३ घर पुनर्निर्माण गर्नुपर्ने थियो। भूकम्पको तीन वर्ष पूरा भएको सन्दर्भमा सञ्चारकर्मीलाई पुनर्निर्माणबारे पछिल्लो जानकारी दिँदै प्राधिकरणका प्रवक्ता यामलाल भुसालले निजी घर पुनर्निर्माणका लागि हालसम्म सात लाख नौ हजार एक सय ८० सँग अनुदान सम्झौता गरेको जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
Leave a Reply
You must be logged in to post a comment.