कति छन् चन्द्रागिरि नगरपालिकामा मतदाता ?

काठमाण्डाै, वैशाख २२ ।

स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन अायोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चन्द्रागिरि नगरपालिका, काठमाण्डाैमा कुल ३८ हजार ८ सय ३६ जना मतदाता छन् । नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ वडामा विभाजन गरिरएको नगरका ४७ मतदान केन्द्रबाट स्थानीयले मतदान गर्नेछन् ।

कुन वडा कति मतदाता, मतदान केन्द्र कहाँ कहाँ-सूचि सहित ?

चन्द्रागिरि नगरपालिका वडा नं. १

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १ मा दुर्इ मतदान केन्द्र कायम गरिनेछन् । २ हजार ९ सय ५६ मतदाता रहेको यस वडाको इन्द्रज्योती प्राथमिक विद्यामन्दिर इन्द्रथान मतदान केन्द्रमा ५०७  र खहरे बजार दहचोकमा २ हजार ४ सय ४९ जनाका लागि मतदान केन्द्र हुनेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. २

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार २ हजार १ सय ४१ मतदाता भएको चन्द्रागिरि नगरपालिका वडा नं. २ को शिव मन्दिर नागढुङ्गामा मतदान केन्द्र  हुनेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ३

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ३ का १ हजार ६ सय ७६ मतदाताले स्थानीय मंगलोदय मा.वि थानकोट केन्द्रबाट मतदान गर्नेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ४ का ३ हजार ३ सय ६९ मतदाताले दुर्इ मतदान केन्द्रबाट मतदान गर्नेछन् । कोतघर थानकोटमा २ हजार १ सय २५ र गोदाम चोक गोदाममा १ हजार २ सय १४ मतदाताले भोट खसाल्नेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ५ का कुल १ हजार ९ सय ६६ मतदाताले जनकल्याण मा.वि, किसिपिडीबाट मतदान गर्नेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ६ का २ हजार १८ जना मतदाताले साबिक महादेवस्थान गा.वि.स. भवन, महादेवस्थान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।

 चन्द्रागिरि नगरपालिका वडा नं. ७

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा कुल १ हजार ९सय ८७ मतदाता छन् र उनीहरूले प्रभात माध्यमिक विद्यालय, चेकपोष्ट केन्द्रमा पुगि मतदान गर्नुपर्नेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ८ मा भएका २ हजार ९ सय ३८ मतदाता जनविकास माध्यमिक विद्यालय, भकुण्डेचैर मतदान केन्द्रबाट मत खसाल्न पाउनेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ९

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिकाको यस वडामा २ हजार २ सय ४९ मतदाता रहेका छन् । उक्त वडाका मतदाताले स्थानीय नारायण जन माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मत खसाल्न पाउनेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १०

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १० मा दुर्इ मतदान केन्द्र हुनेछन् । भैरब अा.वि.  मतदानकेन्द्र  बोसिगाउँबाट १ हजार १८ र विष्णुदेवी सामुदियक भवन मतदान केन्द्र सतुंगलबाट १ हजार ३ सय १६ जनाले मतदान गर्नुपर्नेछ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं ११ को विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय मतदान केन्द्र सतुंगलबाट सो वडाका १ हजार ३ सय १६ मतदाताले मतदान गर्नेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १२ को बलम्बू माध्यमिक विद्यालय भास्तिपुर बलम्बू मतदान केन्द्रमा सो वडाका २ हजार ३ सय १२ तथा वनदेवी अधारभूत विद्यालय मुखिया गाँउ केन्द्रबाट १ हजार १ सय ७६ मतदाताले मतदान गर्ने तालिका रहेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १३

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १३ मा ३ मतदान केन्द्र रहनेछन् । पुरानो नैकाप गा.वि.स भवन मतदान केन्द्रमा ९ सय ८५, चन्द्रसूर्य युवा क्लब लामाचैर मतदान केन्द्रमा ९ स य २० तथा विद्या मन्दिर माध्यमिक विद्यालय पुरानो नैकाप केन्द्रमा ९ सय ७३ मतदाताले भोट खसाल्ने छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १४ का २ हजार २ सय ४२ मतदाताले मंगल माध्यमिक विद्यालय, बानियागाउँ मतदान केन्द्रबाट र साबिक गा.वि.स. भवन झोलेटोले मतदान केन्द्रबाट १ हजार ६ सय ५७ मतदाताले मतदान गर्नेछन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५

निर्वाचन अायोगले प्रकाशित गरेको सूची अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. १५ का ३ हजार ७ सय ९ जना मतदाता सबैले विष्णुदेवी मन्दिर तीनथाना, बल्खु मतदान केन्द्रबाट मतदान गर्नेछन् ।