
चन्द्रागिरी, चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान असार १५ गते आईतवारबाट सुरु भएको थियो । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई अभियान सुरु भएको हो । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरीलाई स्वच्छ हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागिपरिरहेने बताए।
नागढुङ्गा स्तिथ सरसफाई अभियानमा नगर प्रमुख घनश्याम गिरी, र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।