कहिले बन्छ कलंकी नागढुंगा सडक

  • 363
    Shares

दसैंका लागि उपत्यकाबाट कंलकी नाग ढुङ्गा हुँदै बाहिरीदा र भित्रदा हरेक यात्रुले उक्तसडक खण्ड गर्ने ठेकेदार र सरकारलाई गाली नगरी हिँड्दैनन् । बर्खा याममा हिलो र खाल्डा खुल्डीले आजित भएका यात्रु अहिले धुलोले निसासिदै यात्रा गर्नु पर्छ । लाखौं जनता उपत्यका बाहिरीने र भित्रिने यो सडकको दुर्दशा हो ।

र सिंहदरबारदेखि पुल्चोक स्थित मन्त्री क्वाटर तथा प्रधानमन्त्री निवास बालुवाटार जाने यो चिल्लो सडक हो । कंलकी नागढुङ सडक पार गरेर जानु पर्ने अवस्थामा सरकारका मन्त्रीहरु हेलिकप्टर चार्टड गरेर जान्छन् तर कंलकी नागढुंगा सडक सधै बनिरहेको हुन्छ तर निर्माण सम्पन्न कहिल्यै हुँदैन ।

सडक निर्माण सम्पन्न हुने दिन, महिना र वर्ष पटक पटक परिर्वतन भैरहे । यस अघि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले हामीसँग कुरा गर्दै सरकारले निर्माण कर्ता सैलुङ कन्सट्रक्सनलाई चेतावनी दिएको भन्दै असोज ३० गतेसम्म कालोपत्रे सुरु नगरेका कारवाही गर्ने बताएका थिए ।

लाइभ कार्यक्रममा हामले मन्त्री महासेठलाई सडक बनाउन सकिने अन्तिम मिति भन्न पटक पटक आग्रह ग¥यौं । भनेको समयमा समय थप्न पर्ने भए त्यो पनि थप्न भन्यौं । तर पनि उनले भनेको समयमा केहि भएको छैन् ।

मन्त्री महासेठले पटक पटक असोज ३० गतेसम्म बल्याकटप सुरु नगरे कारवाही गर्ने दोहा¥याइरहे । अहिले हामी त्यहिबाट यात्रा गर्दा कतै पनि ब्ल्याकटप सुरु गरेको देखिदैन । तर मन्त्री महासेठले भने जस्तो निर्माण कम्पनीलाई कारवाही प्रक्रिया चाँहि कहाँ पुग्यो ?


  • 363
    Shares

Comments

comments