काठमाडौं उपत्यकामा जेठ २० पछि निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । पाँच साता लामो निषेधाज्ञा आगामी जेठ २० गतेपछि खुकुलो पार्ने सरकारको तयारी छ । कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा रहेको, अस्पतालमा बिरामीको चापसमेत घट्दै गएकाले सरकारले जेठ २० पछि केही खुकुलो बनाउन लागिएको हो ।




उपत्यकामा निषेधाज्ञा लागू गरिएको आइतवार एक महिना कटिसकेको छ । पछिल्लो पटक लगाइएको निषेधाज्ञामा अझ कडाइ गरिएको छ । जुन संक्रमणको चेन ब्रेक गर्न सफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

पछिल्लो समय अक्सिजन, बेड, अस्पताल नपाएको जस्ता गुनासो अहिले नरहेको उनको भनाइ छ । अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा छलफल चलिरहेको उनले बताए ।