
काठमाडौँ, भदौ १४ गते । नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा चार महिला र १० जना पुरूषकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।