नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा च न पा – ५ मा किसिपिडी युथ क्लबको चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्व रहेको उक्त कार्यक्रममा उपमेयर लिशा नकर्मी, च न पा ५ का वडाअध्यक्ष कान्छाभाई महर्जन तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उक्त क्लबलाई नगरपालिकाको तर्फबाट खेलकुद सामग्री प्रदान गरिएको थियो र साथै १३ औँ साग खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान पनि गरिएको थियो। साथै प्रवीण महर्जनको अध्यक्षतामा गठीत नयाँ कमिटीलाई सफल र प्रभावकारी कार्यकालको बधाई तथा शुभकामना प्रदान गरियो।
तस्बिर: नगरप्रमुख घनश्याम गिरीको निजी सचिवालय – चन्द्रागिरि नगरपालिका काठमाडौं
Leave a Reply
You must be logged in to post a comment.